साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कबिता : ” विरान जीन्दगी “

– दयानन्द गोस्वामी 

Advertisement

विरान सरी भयो मेरो हरित जीन्दगी
सुनसान भयो त्यो नीलो आकाश,

Advertisement

आंँखाहरू चिम्लिँदा संसार देख्थ्यें
मनको पानामा भावनाहरू लेख्थ्यें,

थाक्दैन थ्यो कलमको निँव कहिल्यै
द्वात-मसीको साथ रहनथ्यो जहिल्यै,

स्वप्निल लाग्दथ्यो मलाई त्यो संसार
जब चाह्रै दिशा तिमीलाई नै देख्थ्यें,

चाहनाहरु त अझै सजीव छँदैछन्
केवल शुष्क हुँदै गए मेरा कामनाहरु,

जीर्ण हुँदै गए अब ती मधुर सम्झना
सुदूर भए मनका सारा भावनाहरु,

तुफान चल्दा जब नयनको झीलमा
चलबलाउँथ्ये अश्रु नीरहरु पहिल्यै,

शरदमा तुषारका थोपाहरू विलाउँदा
कारणहरु म त गवेषणा गरि रहन्थ्यें,

कति प्रेमिल लाग्थ्ये ती विलोचनहरु
हेर्दा बर्षिन्छ की ममताहरू अहिल्यै,

अरण्यमय भो मेरा जीवनका पथहरु
अपरिहार्य भो मेरो शमशान को बास,

विरान सरी भयो मेरो हरित जीन्दगी
सुनसान भयो त्यो नीलो आकाश,

आँखाहरु चिम्लिँदा संसार देख्थ्यें
मनको पानामा भावनाहरु लेख्थ्यें,

थाक्दैन थ्यो कलमको निँब कहिल्यै
द्वात-मसी को साथ रहन्थ्यो जहिल्यै।

चकचकी ,झापा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article