साहित्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

कबिता :   स्मृतिको बृक्ष

  • दयानन्द गोस्वामी

प्रत्येक बसन्त मा अंकुरिन्छन नविन पल्लव हरू
आखिर स्मृति को बृक्ष मा पतझड़ किन आउँदैन ?
यही वाक्यांश बारम्बार दोहरी रहन्छ अन्तरमनमा
उत्तर को लागी बल गरी रहन्छु तर किन आउँदैन ?
अनायास मनमा अनेकन ती प्रश्नहरू का फौवारा
जो पानी को सतह बाट प्रस्फुटन हुँदै गैरहेकाछन,
कृष्णपक्ष पश्चात शुक्लपक्ष को उत्तरार्धको पुनम
कति रमणीक सौम्य र सुन्दर हुन्छ नील गगनमा,
असंख्य ताराहरु पनि लजाउँदै नजर झुकाउँछन
हीनताको पराकाष्ठामा जहाँ अस्तित्व जोगाउँदैन,
अन्वेषक को भाँति खोजी रहेको छु ती शब्दहरू
जस्को लिखीत बाट सम्पूर्णता र सारगर्भित होस,
जुनको निधारमा कदाचित कहिल्यै न देखिए को
फूलको मुहारमा नि कहिल्यै न लेखिएको लिखत,
शब्दकोशको क्षितिज बाट साभार गरेका शब्दहरु
अर्थ को अभावमा त्वरित भैरहेको शुन्य जेहन मा,
आकांक्षा थियो सुन्दरता को बयान मन भरी लेखुँ
अफसोस अब त्यो योग्य रहेर पनि अयोग्य नै रहेँ,
कोमल हृदय अनी निर्दोष ति नीला नीला नयनह ?
प्रतीक्षारत थिए कोहि सेतो पानामा चित्रण गरोस,
शास्वत जीवन उपवन को माधुर्यमय वासना युक्त
संकीर्ण परिवेशमा शब्दहरु अनुबंधित हुन खोज्छ,
अनी स्वतन्त्रता को खुल्ला पृष्ठभूमि मा अवतरित
जहाँ ती कुनै निर्दोष शब्दहरु व्यर्थ विलीन नहोस,
तथापि ती शब्दहरु जीवन भरी प्रयासरत रहन्छन
स्वच्छन्द द्वय नयनका परेलीहरू के उत्तर दिँदैनन ?
प्रत्येक बसन्त मा अंकुरिन्छन नविन पल्लव हरू
आखिर स्मृति को बृक्ष मा पतझड़ किन आउँदैन ?
यही वाक्यांश बारम्बार दोहरी रहन्छ अन्तरमनमा
उत्तर को लागी बल गरी रहन्छु तर किन आउँदैन ?

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article