साहित्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

कविता : पहिला निकास पछि विकास

  • राज कुमार कार्की

शीघ्र स्वास्थ लाभको लेख्दै एक वर्षको समय बित्यो।
किन यस्तो ब्रह्माअस्त्रले झैँ मानव बस्ती थिच्यो !

Advertisement

खादै बसेकाछौ तातोपानी बेसार बलौतिको पात।
कस्तो कहर आयो अब कसरी बिताउने दिनरात।।

Advertisement

जनता सँग कात्रो किन्ने पैसा छैन केले गर्नु गौदान।
बिचरा सरकारको आफ्नै गर्ने बेलाभो वैतरणी दस दान।।

धरहरामा भर्‍याङ बनेको भए चढेर अक्सिजन लिन्थे जनता।
मानव बस्तीमा काल पस्यो जङ्गलमा अक्सिजन छैन कहाँ जाउ अन्त।।

बेलौतिको रुख खोज्दै गए सिटामोल छ कि भनि।
झुसिल्किराहरु बसेका रहेछन् वरिपरि पैसा गनि-गनि।।

स्वर बस्यो सिंहदरबारको बालुवाटार किन निदायो !
किन बोल्दिनन् चिसाघरे काकी भनेको त जमेर हिउँ गनायो।।

बन्द गर विकास निर्माण चाहिदैन है अहिले यो सब।
किनेर ले सिटामोल अक्सिजन जनता बाच्दैनन् है अब।।

सिटामोल किन्ने पैसा छैन कर तिर भनि सरकार गर्छ करकर।
आर्यघाटमा दाहसंस्कार गर्ने ठाउँ छैन हेर्नु त अहिले भरखर।।

किन गर्न सक्दैन बैंकको ॠणको किस्ता र ब्याज मिनाहा।
हेप्नु र भ्रष्टाचारीको मुख हेर्दिन भनि किन छानबिन हुदैन ?

सिटामोल किन्ने पैसा छैन किन चाहियो अहिले विकास
मानव बस्ती नरसंहार हुदैछ चाडो दे सरकार यस्को निकास।।

नखदा के हुन्छ है तिनले तलब भत्ता अहिले सब।
जताको कर बाट तलब भत्ता खाने स्थाइ सरकार के हेर्दैछ अब।।

धन्यवाद

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article