साहित्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

कबिता : सौरभ धुलो

  • दयानन्द गोस्वामी
    बर्षींदैछन सारा तिम्रा ताराहरु
    मौन किन छौ तिमी ऐ गगन !

उडिरहेछ त्यहाँ सौरभ धुलो
वनपक्षीहरु आफु आफैं मगन,

Advertisement

जुन रजत सरी नै भयो आज
दर्पण पनि त झल्किन लाग्यो,

Advertisement

सम्हालेर तरंगित भयो सरगम
स्वर सुधा वाद्यवादनको साज,

झुम्न लागे सारा मकरन्दहरु
नियन्त्रण गर आफु ऐ पवन !

बर्षींदैछन सारा तिम्रा ताराहरु
मौन किन छौ तिमी ऐ गगन !

हाँस्न चाहँदा पनि आएन हाँसु
रुँदा त झन पट्टकै छैन आँशु ,

के भयो है अचेल यो जमाना
विवेक पनि शनैः शनैः रवाना,

प्रकृतिले यदि धर्म नै छोड्यो
ममता नी तब रहँदैन कसैमा,

अविश्वास कसैको बढ्यो भने
क्रमश मानवता निकृष्ट होला,

कुण्ड कुण्ड पाशविक बिचार
यत्र तत्र व्यभिचारै व्यभिचार,

सत्य तथ्य बोल्ने कोहि छैनन्
कसैले हेर्न नी कोहि हेर्ने हैनन् ,

नियति निहायत यही नै रहेछ
कसलाई के भनुँ म ऐ भगवन !

बर्षींदैछन सारा तिम्रा ताराहरु
मौन किन छौ तिमी ऐ गगन !

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article