बलिउड अभिनेता मिथुन चक्रवर्तीका छोरा महाक्षय चक्रवर्ती ठूलो समस्यामा परेका छन् ।मुम्बई पुलिसले ओशिवरा पुलिस स्टेशनमा महाक्षयको बिरूद्ध बलात्कारको मुद्दा दर्ता गरेको छ। उजुरी दर्ता गर्ने युवती महाक्षकी प्रेमिका रहेको बताइएको छ ।

महाक्षकी प्रेमिका तथा मोडल समेत रहेकी उनले आफू सन् २०१५ यता महाक्षसँग प्रेम सम्बन्ध रहेको र विवाहको बाचा गरेर पनि पूरा नगरेको आरोप लगाएकी छिन् ।उनले आफू प्रेम सम्बन्धमा रहँदा औषधी खुवाएर आफ्नो इच्छाविपरित शारीरिक सम्बन्ध राखेको आरोप लगाएकी छन् ।

भारतिय मिडियाका अनुसार महाक्षसहित उनकी आमा योगिता बालीविरुद्ध पनि उजुरी दर्ता भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार