हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हिउँचितुवा जोगाउन पशुबिमा

 झापा।दुर्लभ वन्यजन्तु हिउँचितुवा जोगाउन डोल्पामा पशुबिमा कार्यक्रम लागू गरिएको छ । से–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा पर्ने गाउँबस्तीका किसानलाई लक्षित गरी पशुबिमा कार्यक्रम लागू गरिएको हो।निकुञ्ज क्षेत्रमा पाइने हिउँचितुवा र ब्वाँसोलगायत वन्यजन्तुबाट घरपालुवा जनावरको क्षति न्यूनीकरण गर्दै कृषकको हिउँचितुवाप्रतिको प्रतिशोध घटाउन पशुबिमा लागू गरिएको निकुञ्जले जनाएको छ l

Advertisement

से–फोक्सुन्डो निकुञ्ज हिउँचितुवाको प्रमुख वासस्थान भएकाले यसलाई जोगाउन बिमा कार्यक्रम लागू गरिएको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले बताउनुभयो। याक, चौँरी, भेडा, च्यांग्रालगायत घरपालुवा जनावरहरू वन्यजन्तुले क्षति पुर्याउँदा स्थानीय बासिन्दाले वन्यजन्तु मार्ने गरेका छन् ।

Advertisement

त्यसलाई रोक्न पनि पशुबिमा गरिएको उहाँको भनाइ छ । पशुबिमा योजना स्थानीय समुदायको प्रिमियम र विश्व वन्यजन्तु कोषबाट प्रदान गरिएको अक्षय कोषको ब्याज रकमबाट वन्यजन्तुबाट हुने पशुधनको क्षतिलाई राहत प्रदान गर्नका लागि ल्याइएको नयाँ कार्यक्रम भएको विश्व वन्यजन्तु कोषका कर्मचारी गौतम पौडेलले बताउनुभयो।

विश्व वन्यजन्तु कोषको अनुदान सहयोगमा से–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा सञ्चालित हिउँचितुवा तथा आहारा प्रजाति संरक्षण कार्यक्रमअन्तर्गत मुगुको डोल्फुमा १० लाखको पशुबिमा योजना कार्यक्रम सञ्चालन गरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)