[addthis tool="addthis_inline_share_toolbox_d1e7"]

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २७ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय २५ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा मात्रै ३ हजार ५९५ जना संक्रमित थपिएका छन्। काठमाडौँमा २ हजार ७४४ ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।गत २४ घण्टामा १ हजार ६ सय १२ जना डिस्चार्ज भएका छन्। हालसम्म ४८ हजार ७११ सक्रिय संक्रमित रहेका छन्।

[addthis tool="addthis_inline_share_toolbox_d1e7"]

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार