हल्दिवारी गाउँपालिकामा आज २ जनाको पिसिआर पोजेटिभ देखिएको छ । हल्दिवारी २ र ४ का दुईजनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य शाखा प्रमुख पुस्कर निरौलाले बताउनु भएको छ ।
हल्दिवारी गाउँपालिकामा परिक्षणको आधारमा हेर्ने हो भने ३५ प्रतिशत भन्दा बढीमा कोभिड – १९ को लक्ष्यण देखिएको छ ।
आज १ बजे सम्मको रिपोर्ट अनुसार हल्दिवारीका २८ जनामा कोरोना संक्रमण देखिएको छ भने उमेर समुह अनुसार ९० प्रतिशत ५० बर्ष मुनिका भएको निरौलाले जानकारी दिनुभयो ।
















