साहित्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

कबिता: त्यो रात

–    दयानन्द गोस्वामी

Advertisement

म अशेष सेतो पाना मा लेख्ने थ्येँ
मेरा मधुर स्वप्निल मनका कुराहरू,

Advertisement

अनी कहिल्यै पनि पखालिँदैन थ्ये
आफ्नो आँसूले त्यो पुर्णिमाको रात,

बतास ले उडाएका धुलो कणहरू
चक्रवातीको भुँमरीमा रुमलिरहँदा,

अट्टहास पुर्ण मेघगर्जनाको कारण
परावर्तित हुन्थ्ये समीरका लहरहरू,

छेक्न नसक्दा उस्का तिब्र बेगहरू
सारा अभिलाषाहरू नै भए आहात,

म अशेष सेतो पाना मा लेख्ने थ्येँ
मेरा मधुर स्वप्निल मन का कुराहरू,

अनी कहिल्यै पनि पखालीँदैन थ्ये
आफ्नो आँसूले त्यो पुर्णिमाको रात,

जुन मा पनी प्रतिबिम्बित भै रहन्थे
पुन्जप्रकाशमय अनी स्नेहील भएर,

मुस्काउँथ्ये अनन्त नयनहरू पनी
सिमानाको आत्मनियंत्रण मा रहेर,

अभिष्टित मनलाई सँधैं नै खेलाउने
हुन्थ्यो स्पर्श उनको शिरमा मेरो हात,

म अशेष सेतो पाना मा लेख्ने थ्येँ,
मेरा मधुर स्वप्निल मनका कुराहरू

अनी कहिल्यै पनि पखालीँदैन थ्ये,
आफ्नो आँसूले त्यो पुर्णिमाको रात।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article