काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत भएको निर्वाचनमा सभापतिो मतगणना केही बेरमै सुरु हुँदैछ । सभापतिबाहेकको अन्य मतपत्र पार्टी मुख्यालय सानेपामा लगिएसँगै सभापतिको मतगणना सुरु हुन लागेको हो।

व्यापक सुरक्षाका बीच मत गणनाको तयारी गरिएको छ। मतगणनास्थल राष्टिय सभा गृहमा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ छन्।

कांग्रेस सभापतिको मतगणना सुरु गर्न पाँच प्रतिस्पर्धीका प्रतिनिधिहरू आचारसंहिताबारे राष्ट्रिय सभागृहमा छलफल गरेकाले मतगणना सुरु हुन लागेको निर्वाचन समितिले जानकारी दिएको छ।उनीहरुबीच आचारसंहितामा सहमति भएपछि मतगणना सुरु गरिँदैछ।
मत गन्न थाल्ने भएपछि अहिले निर्वाचन समितिले पत्रकारदेखि अन्यलाई गणनास्थलबाट बाहिर निकालिरहेको छ।
सभापति पदमा पहिलो चरणमा कुनै प्रत्यासीले ५० प्रतिशत नकटाए मंगलबार शीर्ष दुई प्रतिस्पर्धीबीच फेरि चुनाव हुनेछ।
कांग्रेसको सभापति पदमा शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा. शेखर कोइराला र कल्याण गुरुङ उम्मेदवार छन्।