समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

श्रीमतीको चिरपट प्रहारबाट श्रीमानको मृत्यु

सिरहा ८ पौष । श्रीमतीको कुटाईबाट श्रीमान्को मृत्यु भएको छ । धनगढिमाई नगरपालिका-१४ मरान बस्ने ४० वर्षीय टेक बहादुर बिकको उनकै श्रीमतीको कुटपिटबाट बिहीबार राति मृत्यु भएको छ ।

Advertisement

आपसी बादबिबाद एवं झगडामा उनकै श्रीमती ३५ वर्षीया हर्क माया बिकले दाउराको चिरपटले टाउकोमा हिर्काउँदा उनको ज्यान गएको हो ।श्रीमतीको कुटाईबाट गम्भिर घाइते भएका उनलाई उपचारको लागि आरके मेडिसिटि अस्पताल धनगढीतर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

शवलाई धनगढिमाई नगरपालिका-१३ भुल्लेस्थित टेक बहादुरकै भाइ बुद्ध बहादुर बिकको घरमा राखिएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टी र ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले हर्क मायालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article