हल्दिवारी , ८ बैशाख । हल्दिवारीमा निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय विहीबार स्थापना गरेको छ ।
निर्वाचन अधिकृत नारद प्रसाद भट्टराईको कार्यालय हल्दिवारी गाउँपालिकाको नवनिर्मित भवनमा कार्यालय स्थापना गरिएको हो ।
निर्वाचन अधिकृत नारद प्रसाद भट्टराईले हल्दिवारी गाउँपालिकामा १४ वटा मतदान केन्द्रबाट निर्वाचन लाई अगाडि बडाउन लागेको जानकारी दिए ।
कार्यालय स्थापना कार्यक्रममा निर्वाचन अधिकृत भट्टराई गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेन , प्रमुख प्रशासकीय अधिकृत प्रवीन दहाल ,प्रेस क्लब हल्दिवारीका अध्यक्ष नेत्र बिक्रम बिमली ,स्थानीय सुरक्षा निकायका प्रमुखहरुको उपस्थित रहेको थियोे ।