समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

स्वास्थ्य सेवा कार्यालयका प्रमुखलाई कालोमोसो दल्ने नेकपाका कार्यकर्ता पक्राउ

स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख टिकाराम जैसीलाइ ३० फागुनमा कार्यकक्षमै कालोमोसो र जुत्ताको माला लगाउने विप्लव नेतृत्वको नेकपाका कार्यक्रता पक्राउ परेका छन् ।

Advertisement

सनिवार विहान प्रहरीले उनीहरूलाई पक्राउ गरेको जाजकोटका डिएसपी सन्तोष निरौलाले जानकारी दिए । उनका अनुसार भेरी–१ पिपे घर भएका युवा संगठनको अध्यक्ष ३१ बर्षीय डिलबहादुर राना, कुसे गाउँपालिका–५ घर भइ युवा संगठनका इन्चार्ज २६ बर्षीय गोविन्द चन्द र भेरी नगरपालिका–७ घर भइ अखिल क्रान्तिकारीका संयोजक दिपेन्द्र सिंह पक्राउ परेका हुन् ।

Advertisement

पक्राउ परेकाहरूमाथि प्रमुख जैसीलाई विभिन्न आरोप लगाउँदै कार्यकक्षमै जुत्ताको माला र मोसो दलेको आरोप लागेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article