समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

नक्कली योजना बनाई रकम हिनामिना गर्ने वन अधिकृतसहित ६ विरुद्ध अख्तियारको उजुरी

मुगुको सोरु गाउँपालिका-१ जवलधारादेखि काछसम्मको पदमार्ग निर्माण नै नगरी रकम भुक्तानी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

Advertisement

पदमार्ग निर्माणनै नगरे पनि बिल बनाएर आठ लाख ८७ हजार ६ रुपैयाँ अनियमितता गरेको आरोपमा ६ जनामाथि आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

Advertisement

आयोगले डिभिजन वन कार्यालय मुगुका अधिकृत भरतबहादुर बुढथापा, सब–इन्जिनियर गोरसिंह बढुवाल, असिस्टेन्ट सब–इन्जिनियर रवीन्द्र शाही, पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष बास्तोला शाही, सचिव बिसु नेपाली र कोषाध्यक्ष हरिबहादुर शाहीमाथि मुद्दा दायर गरेको हो ।

बढी मुल्यांकन गरी झुठ्ठा बिल बनाई योजनाको विनियोजित रकम पुरै भुक्तानी दिई सरकारी रकम हिनामिना गरेको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा मुगु सोरु गाउँपालिका-१ को काछदेखि छोटासम्मको पर्यटक पदमार्ग निर्माणको लागि डिभिजन वन कार्यालय, मुगुबाट आर्थिक वर्ष २०७५/०७६ मा विनियोजित रकमबाट उक्त कार्य गर्ने क्रममा लागत इस्टिमेटमा उल्लेख गरेअनुसार काम नगरी, भएको कामभन्दा बढी परिमाण उल्लेख गरी नापी किताब, भुक्तानी बिल तयार गरी, फिल्डमा काम नगरी बढी रकम भुक्तानी लिनेदिने काम गरी रकम हिनामिना गरी सरकारी वा सार्वजनिक सम्पत्ति बदनियतपूर्वक हानिनोक्सानी पुर्‍याइएको हुँदा मुद्दा दायर गरिएको आयोग जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article