नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनेका केशव स्थापितलाई यौन दुर्व्यवहार सम्बन्धी प्रश्न सोधिएको भन्दै आक्रोशित भएका छन् । धुम्बाराहीस्थित नेशनल कलेजले बिहीबार आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा स्थापितलाई यौन दुराचार सम्बन्धि प्रश्न गरेपछि उनी आक्रोशित बनेका हुन् ।

उनले यो बैनीको फेस त नाइस छ तर थुतुनो भएन भन्दै जवाफ फर्काएका थिए । स्थापीतले दिएको अभिव्यक्ति यति बेला सामाजिक सञ्जालमा भाइरल नै बनेको छ ।
