समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

हल्दिबारीमा नेपाली कांग्रेसकी उपाध्यक्ष उम्मेद्वारसहित झापामा १३९ जनाले उम्मेद्वारी फिर्ता लिए

हल्दिबारी  । झापामा १७ जना प्रमुख-अध्यक्ष, उपप्रमुख-उपाध्यक्षसहित १३९ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । प्रमुख एवम् अध्यक्ष पद्मा उम्मेद्वारी दिएका ८ जनाले उम्मेद्वारी फिर्ता लिए ।

Advertisement

नगर प्रमुखमा उम्मेद्वारी दिने ३ र अध्यक्षमा उम्मेद्वारी दिने ५ जनाले उम्मेद्वारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाले जनाएको छ । यस्तै, उपप्रमुख २ र उपाध्यक्षमा उम्मेद्वारी दर्ता गर्ने ७ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् ।

Advertisement

बैशाख ११ र १२ गते उम्मेद्वारी दर्ता गर्नेहरुमध्ये १३९ जना उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाका अनुसार १५ स्थानीय तहबाटै उम्मेद्वारहरुले उम्मेद्वारी फिर्ता लिएका छन् । जिल्लामा सबैभन्दा कम कमल गाउँपालिकाका उम्मेद्वारले फिर्ता लिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार कनकाईमा ११ जना, शिवसताक्षीमा ११, दमक १३, गौरीगञ्ज ३, गौरादह ८, कमल १, झापा २, बाह्रदशी ३, हल्दिवारी ३, कचनकवल ७, अर्जुनधारा २०, बुद्धशान्ति १६, मेचीनगर १६, बिर्तामोड १७ र भद्रपुरमा ५ जना उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले जानकारी दिए ।

बुद्धशान्तिमा अध्यक्षको उम्मेद्वारी दिने स्वतन्त्रबाट लक्ष्मीप्रसाद सुवेदी र नेकपा समाजवादीबाट दुर्गा आचार्यले उम्मेद्वारी फिर्ता लिएका छन् । यस्तै, सोही पालिकामा उपाध्यक्षमा उम्मेद्वारी दिनेहरु मनोरथ तिवारी, गिता खतिवडा, तारा श्रेष्ठ, अस्मिताकला लिम्बुले उम्मेद्वारी फिर्ता लिएका छन् । उनीहरु सबैले स्वतन्त्रबाट उम्मेद्वारी दिएका थिए ।

नेकपा समाजवादीबाट अर्जुनधाराको मेयर÷उपमेयरमा उम्मेद्वारी दिने रमा खवास र प्रेम सागर सापकोटाले उम्मेद्वारी फिर्ता लिएका छन् । कचनकवलमा एमालेबाट अध्यक्षमा उम्मेद्वारी दिने दुर्गा देवी नेपाल, स्वतन्त्रबाट मेखबहादुर भट्टराई र कांग्रेसबाट अध्यक्षमा उम्मेद्वार दिने सेलेतुन खातुनले उम्मेद्वार फिर्ता लिएका छन् । कांग्रेसबाट हल्दिवारीमा उपाध्यक्ष पदमा उम्मेद्वारी दिने चन्द्रकला चाम्लिङले पनि उम्मेद्वारी फिर्ता लिएकी छन् ।

बाह्रदशीमा विवेकशिलबाट अध्यक्षमा उम्मेद्वारी दिने भुपिन भेटवालले उम्मेद्वारी फिर्ता लिएको सूचना अधिकारी गणेश पाण्डेले जानकारी दिए ।

यस्तै, झापा गाउँपालिकामा स्वतन्त्रबाट उपाध्यक्षमा उम्मेद्वारी दिने केशव बजगाई, गौरादहको प्रमुखमा जनता दलबाट उम्मेद्वारी दिने राम बराईली, दमकमा राष्ट्रिय जनमुक्ति पार्टीबाट प्रमुख-उपप्रमुखमा उम्मेद्वारी दिने धनराज राई, धनमाया थापा मगरले उम्मेद्वारी फिर्ता लिएका छन् । ४९ जना वडाध्यक्षका उम्मेद्वारहरुले उम्मेद्वारी फिर्ता लिएका छन् ।
फिर्ता लिनेहरुमा प्रमुख-उपप्रमुखदेखि वडा सदस्य समेत रहेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article