समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

दुर्घटनामा परी ८ बालबालिकाको मृत्यु, ४ जना घाइते

इजिप्टको कायरोमा शनिबार भएको एक सवारी दुर्घटनामा परेर  ८ जना बालबालिकाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

Advertisement

इजिप्टको डेल्टा प्रान्तको नेहिजार सहरमा सडकमा सवार १२ जना बालबालिकालाई एक सवारीले ठक्कर दिँदा उनीहरु पानीको नहरमा खसेका थिए । नहरमा खसेर गम्भीर बनेका उनीहरुमध्ये ८ जना बालबालिकाको मृत्यु भएको छ भने अरु ४ जना घाइते भएका हुन् ।

Advertisement

घाइतेहरुको उपचार जारी रहेको इजिप्टका प्रान्तीय प्रहरी प्रमुखले जानकारी दिएका छन् । उनका अनुसार सो सवारीका चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त दुर्घटनाका बारेमा अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article