समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

चुनावमा इन्टरनेट बन्द हुनसक्ने आईस्पानको चेतावनी

आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा इन्टरनेट सेवा बन्द हुने चेतावनी इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)ले दिएको छ । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)ले एक विज्ञप्ती जारी गर्दै सरकारको कारण इन्टरनेट बन्द हुने स्थिति आएको जनाएको हो ।

Advertisement

आईस्पानले जारी गरेको विज्ञप्तीमा टाटा, एअरसेल, सिफीआई ब्याण्डविथ खरिद बापतको भुक्तानीका लागि सरकारले मुद्रा सिफारिस नगरेकोले इन्टरनेट बन्द गर्ने अवस्थामा आएको विज्ञप्तीमा लेखिएको छ ।

Advertisement

गत ६ महिनादेखि भुक्तानी गर्न नसक्दा आगामी हप्ताबाट देशभर इन्टरनेट बन्द हुने स्थिति आएको संघले स्पष्ट पारेको छ । र, संघले आगामी बैशाख ३० गते हुने स्थानीय चुनावको समयमा इन्टरनेट बन्द भएका यसको सबै क्षतिपुर्ति सरकारले लिनुपर्ने पनि चेतावनी दिएको छ।

आईस्पानले बैशाख १९ गते राष्ट्रिय सुचना तथा सञ्चार प्रविधि दिवसको कार्यक्रम बहिस्कार गर्ने घोषणा गरेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article