समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

चुनाव विशेष : कुन तहका उम्मेदवारले कति खर्च गर्न पाउने (सुचीसहित)

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरुले तोकेको भन्दा धेरै खर्च गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले महानगर, उपमहानगर, पालिका, वडाका उम्मेदवार सबैले गर्न पाउने खर्च तोेकेको हो । उम्मेदवारहरुले आयोगले तोकेको भन्दा बढी खर्च गर्न पाउने छैैनन् ।

Advertisement

यस्तो छ निर्वाचन आयोगले तोकेको उम्मेदवारले गर्न पाउने खर्च
-महानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारले ७ लाख ५० हजार रुपैयाँ
-महानगरपालिकाका वडाध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसंख्या सदस्यले बढीमा ३ लाख रुपैयाँ

Advertisement

-उपमहानगरपालिकामा मेयर र उपमेयरले बढीमा ५ लाख ५० हजार
-उपमहानगरपालिकामा वडाध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसंख्यक सदस्यले बढीमा २ लाख ५० हजार

-नगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारले बढीमा ४ लाख ५० हजार
-नगरवपालिकाका वडाध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसंख्यक सदस्यले बढीमा २ लाख

-गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले बढीमा ३ लाख ५० हजार
-गाउँपालिकाका वडाध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसंख्यक सदस्यले १ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने निर्वाचन आयोगले व्यवस्था गरेको छ।

जिल्ला समन्वय समितिका उम्मेदवार प्रमुख र उपप्रमुखले ५० हजार र अन्य पदकाले एकमुष्ट २५ हजार रुपैयाँ खर्च गर्न पाउने पनि आयोगले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article