समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

आचारसंहिता विपरितका सामग्री पोष्ट गरे कडा कारवाही गर्ने आयोगको चेतावनी

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ मा सामाजिक सञ्जालमा मिथ्या सूचना तथा आचार संहिता विपरितका सामग्री प्रकाशन गरे कडा कारवाही गर्ने चेतावनी दिएको छ । आइतबार आयोगले गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मिथ्या सामग्री सामाजिक सञ्जालमा पोष्ट भइरहेकोले त्यस्ता सामग्री प्रयोग नगर्न चेतावनी दिए ।

Advertisement

उनले निर्वाचन आचार संहिता विपरितका सामग्री सामाजिक सञ्जालमा पोष्ट गरेमा निर्वाचन आयोग ऐन २०७३ को दफा २३, निर्वाचन कसुर तथा सजाय ऐन २०७३ तथा प्रचलित कानुन अनुसार कारवाही गरिने स्पष्ट पारे ।

Advertisement

आयोगले निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जाल प्रयोग सम्बन्धी नीति २०७७ को निर्वाचन सबन्धी सूचना भरपर्दो मितव्ययी गुणस्तरीय विश्वसनीय बनाई सामाजिक सञ्जालको उपयोग र नियमनलाई भरपर्दो बनाउन आयोगले विभिन्न निर्णयहरु गरेको जानकारी गराए ।

उनले चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निर्वाचन आयोग ऐन २०७३ को दफा १६ बमोजिम कारवाही गरिने उल्लेख गरे ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article