समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

भाँचिएको खुट्टामा राखिएको रड निकाल्न अस्पताल गएका रामप्रसादको अचानक निधन

भाँचिएको खुट्टामा राखिएको रड निकाल्न मौलाकालिका अस्पतालमा भर्ना भएका एक बिरामीको भरतपुर अस्पतालमा मृत्यु भएको छ। मृत्यु हुनेमा माडी९५ बेलुवाका रामप्रसाद तिवारी रहेका छन् । मौलाकालिका अस्पतालमा भर्ना भएको उनको भर्ना गरेको करिब २ घण्टामा अस्पतालमा मृत्यु भएको हो ।

Advertisement

भरतपुर अस्पतालको आकस्मिक कक्षमा पुर्‍याएको केही मिनेटमै मृत्यु भएको बताइएको छ। मृतकका ज्वाईले आफैंले बिरामी लिएर आएको छु, कुनै जानकारी नदिई अर्को अस्पताल लैजाँदा नै शंका लागेको बताए ।

Advertisement

उनले यता आफन्तले तोडफोड गर्छन् भनेर सरकारी अस्पताल लगेर मृतक घोषणा गरेको बताए । मृतकका भाइ प्रजापति तिवारीले वैशाखी टेकेर हिँड्न सक्ने मान्छेको खुट्टाको रड झिक्दा मृत्यु हुनु चिकित्सकको लापरबाही भएको बताए। मौलाकालिका अस्पतालका सञ्चालक डा।केशवराज भुर्तेलले अपरेसनका क्रममा अचानक जटिल समस्या देखिँदा बिरामीको मृत्यु भएको बताए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article