काठमाडौँबाट धनगढीका लागि छुटेको श्री एअरलाइन्सको जहाजको इन्जिनमा समस्या आएपछि काठमाडौँमा नै अवतरण गराइएको छ । ८७ जना यात्रु रहेको विमानको इन्जिनमा समस्या आएपछि आकस्मिक अवतरण गराइएको विमानस्थल स्रोतले जनाएको छ । विमान काठमाडौंबाट ११ बजेर ४४ मिनेटमा धनगढीका लागि प्रस्थान गरेको र १४ मिनेटपछि काठमाडौंमा अवतरण गरेको सेतले जानकारी दियो ।

