बिर्तामाेड, झापा,२४ चैत्र। बिर्तामाेड निवासी खडानन्द खतिवाडाले आफुले सरकारबाट प्राप्त गरेकाे सामाजिक सुरक्षा भत्ता जेहेन्दार विध्यार्थीका लागि खर्चिएका छन ।
झापाकाे बिर्तामाेड २ स्थित वीर अमरसिंह मा .वि काे परिक्षा फल नतिजा प्रकाशित कार्यक्रमकाे अवसर पारेर ८२ वर्षीय खतिवडाले जेहेन्दार विध्यार्थीलाई विध्यालय पाेशाक वितरण गरेका हुन ।
करिव २० छात्र तथा छात्रालाई पाेसाक वितरण गरेका खतिवडाले अघिल्लो वर्ष पनि १२ जना छात्र छात्रालाई विध्यालय पाेशाक वितरण गरेका थिए ।खतिवडाले ५ जना छात्रा र १५ जना छात्रलाई पाेशाक वितरण गरेका हुन । पाेशाक वितरण कार्यक्रममा बिर्तामोड न.पा वडा नं २ का वडा अध्यक्ष किशोर पाैडेकाे आतिथ्यता हरेकाे थियाे । पाेहाेर झै यश पकट पनि सरकारले दिएकाे वृद्ध भत्तावाट विध्यार्थीलाई कपडा वितरण गरेकाेमा अध्यक्ष पौडेलले खतिवडा सहित सहजिकरण गरिदिने खेमराज रिजाललाई खदा ओडाएर स्वागत गरेका थिए ।
कार्यक्रममा बाेल्दै पौडेलले विगत वर्षवाटै आफुले सरकारबाट प्राप्त हुने वृद्ध भत्तालाई समाज रुपान्तरणमा लागउ भनेर यस उमेरमा पनि समाज रुपान्तरणमा सहभागीता जनाउ भन्ने उदेश्यले शिक्षा क्षेत्र तथा वीर अमरसिंह मा. वि नै राेज्नुनै सवैभन्दा ठुलाे कुराे रहेकाे भन्दै खुसी व्याक्त गरेका थिए ।
साथै कार्यक्रमकै विच शिक्षा सेवा आयाेगबाट दरबन्दी प्राप्त शिक्षक द्वय भाेजराज निरौला र कमल थापालाई स्वागत समेत गरिएकाे थियाे । कार्यक्रम संञ्चालन प्रधानअध्यापक यदु नाथ अधिकारीले गरेका थिए ।

















