कविता “घडीको टिक टिक”
घडीको टिक टिक संगै
मेरा यि पाइलाहरु पनि
अघि बढ्दैछन् ठीक ठीक
तर! घडीको अंक जहाँको त्यहीँ छ
पाइलाहरू आफ्नै गतीमा
अघि बढ्दै बढ्दै
घडीलाई साथ छोडेको
मैंले त पत्तै पाईन
दिउँसो पनि हिँडछन्
राती पनि हिँड्छन्
दिउँसो त देखिन्छ
तर! राती हिँडेको देखिन्न्
हजुरबाले किनेको जोसमॉर घडी
नातिको पालामा अहिले पनि
१२ को अंक सम्म मात्र टिक टिक गर्छ
अनि मेरा यि पाइलाहरूको कुरा के गरुँ??
अविराम आफ्नै गतिमा बढ्दैछन्
शुन्य बाट ६८ पुगेको मैँले त पत्तै पाइन
प्रतिस्पर्धाको जमाना छ
समयले समय संग प्रतिस्पर्धा गर्दैन
तर! पाइला पाइलामा प्रतिस्पर्धा हुन्छ
हरेक पाइलाहरूको आ-आफ्नै गति हुन्छ
गन्तव्यको सिमाना आ-आफ्नै हुन्छ
तर! मलाई दृढ विश्वास छ
मेरो गन्तव्य उ पर देखिराछ
घडीको टिक टिक संगै
मेरा यि पाइलाहरू पनि
अघि बढ्दैछन् ठीक ठीक
तर! घडीको अंक जहाँको त्यहीँ छ।
✍ दयानन्द गाेस्वामी