हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

कविता : “बदलिरहेँ तस्विरहरू”

कविता : “बदलिरहेँ तस्विरहरू”

Advertisement

बदलिरहेँ केवल मेरा तस्विरहरू
तकदिर लाई म त बदल्न सकिन

Advertisement

ललक त एउटै थियो जीवनमा
थपिदै थिए अनेक सौपानहरु

बढ्दै थिए जीवनका आयामहरू
तर! मन्मा संकीर्ण अभिष्ट राखिन

मैंले छोडेँ या उस्ले छोड्यो मलाई
सोचिरहेँ जीवनभरी बुझ्न सकिन

बदलिरहेँ केवल मेरा तस्विरहरू
तकदिर लाई म त बदल्न सकिन

दौडिरहन्छु आकांक्षाहरुको भिंडमा
छिचोल्दै ति व्यवधानका तरंगहरु

गन्तव्य कहाँ हो? ठम्याउन सकिन
आशाका किरण देखिन्छ क्षितिजमा

तर!

विक्षिप्त भएँ कालो बादल ढाकिँदा
उडाएर लगिदिए हुन्थ्यो बतासले बरु

आशान्वित छु म त रंगीन जीवनको
भविष्यको चित्रमा आफूलाई देखिन

बदलिरहेँ केवल मेरा तस्विरहरू
तकदिर लाई म त बदल्न सकिन

✍दयानन्द गाेस्वामी

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)