हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

कविता: “गणतन्त्र!”

कविता: “गणतन्त्र!”

Advertisement

यो गणतन्त्र हो तीन तहकै सरकारमा नै लुट छ
भ्याए सम्म जतिसके लुट्नुस् लुट्नलाई छुट छ
यसमा कतै कुनै कर भ्याट लाग्दैन पुरै नै छुट छ
आलोपालो मिलाइ खान्छन् सक्दो ब्रह्म लुट छ।

Advertisement

गणतन्त्रमा कोही ठूलो सानो हुन्न भन्छन् झुठ छ
नेता माथि मंचमा जनता तल बसेर ताली चुट्छ
कुर्सीमा नपुगुन्जेल गरिबका खोक्रा नारा दिन्छन्
कुर्सी पाएपछि मिलाइ मिलाइ खानलाई छुट्छ!

भन्छन् यो सरकारले उद्रीन लागेको गणतन्त्र खुट्छ
हेरौं उहीँ केरुङ पोखरा बेनी रेलकै गफ पुनः चुट्छ
डेढ लाख सम्मको पलङ्गमा सुत्नलाई पुरै नै छुट्छ
गणतन्त्रमा केही पनि काम गर्न नै पर्दैन बोल्न छुट्छ!

बोल्दिए मात्रै पुग्छ बोलीमा कर भ्याट सबै नै छुट्छ
रुकुम रोल्पामा देशको राजधानी बनौंने गफ चुट्छ
उधारो जातीय राज्य बाडेर जातजातमा कुटाकुट छ
पुन र सुन एउटै हुन् भन्दै सुनका डल्ला बोक्न छुट्छ!

उता नयाँ जोगी भन्छ देश बनाउन सय दिन भए पुग्छ
मिलेर सहकारी हान्दिने जि बि राईको टाउकोमा हाल्दे पुछ
राई माइलोले गाउँ छाड्यो उसलाई खोज्दै सय दिन पुग्छ
खोज्न पचास दिन आकाश पचास दिन पाताल पुग्छ!

विदेशीसँग विवाह टिआर पिआर सबै मन्त्री बन्न छुट्छ
विदेशी सँग विवाह सन्तान विदेशमा पढाउन छुट्छ
गरिबका छोराछोरी एसईईमा फेल पार्देर भुस्कुट छ
खाडी पठाउने रेमिटेन्सलाई बचेको ढुङ्गा हान्न दुद्छ!

डिग्री पढेको चाहिँ खाडीमा गैँची बेल्चा हान्न कुद्छ
आठ पढेको अर्थमन्त्रीले देशको अर्थतन्त्र कसरी बुझ्छ!
नेपाली दिन भरी गफ चुट्छ रातभरि मस्तसँग सुत्छ
देश बनाउछु भनेको सुन्दा कस्तो गणतन्त्र हाँस उठ्छ!?

पोइल जान पाम भन्ने आजसम्म पोइल जान पाको छैन
राजनीतिमा भने त पोइल जानेको संख्या कम छैन
अदुआमा पनि भ्रष्टाचार पसेको छ गणतन्त्र महोदय
कस्तो गणतन्त्र ठूलाले कर बिजुलीको पैसा तिर्नै पर्दैन!

धन्यवाद।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)