हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

हल्दिबारी बाल संजालको आयोजनामा लागु औषध दुर्व्यसनी बिरुद्द जनचेतनामुलक कार्यक्रम सम्पन्न

६० औं राष्ट्रिय बाल दिवसको अवसरमा हल्दिबारी गाउँपालिका बाल संजालको आयोजनामा तथा हल्दिबारी गाउँपालिकाको आर्थिक समन्वयमा लागु औषध दुर्व्यसनी बिरुद्द जनचेतनामुलक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।।

Advertisement

हल्दिबारी गाउँपालिका बाल सञ्जालका अध्यक्ष पवन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देनको उपस्थिति रहेको थियो ।। त्यस्तै अथितिकै रूपमा योजना शाखा प्रमुख तथा निमित्त प्रमुख प्रशासकिय अधिकृत राजन न्यौपाने, जलथल प्रहरी इन्चार्ज ओम राज पौडेल, रोजगार सहायक मिलन वि. क साथ साथै विभिन्न विद्यालयका शिक्षक शिक्षिका तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।।

Advertisement

कार्यक्रममा स्वागत मन्तब्य बाल संजालकी उपाध्यक्ष अम्बिका महतो ले राखेकी थिइन् भने शुभकामना मन्तव्य निमित प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपानेले राखेका थिए । त्यस्तै प्रुमख अथिति रवीन्द्र प्रसाद लिङ्देनले बालबालिकामा लागु औषध दुर्व्यसनीमा पर्न नहुने र बालबालिका भोलिका कर्णधार हुन भन्दै सकारात्मक दिशामा बढ्न समेत सचेत गराएका थिए ।।

कार्यक्रमा निमित प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपानेले लागु औषधको सेवनले बालबालिकालाई पुर्याउने जोखिम का विषयमा प्रशिक्षण गराउनु भएको थियो भने प्रहरी चौकी जलथल का इन्चार्ज ओम राज पौडेलले लागु औषधका जोखिम तथा ओसारपसारमा बालबालिकाको गैरकानुनी प्रयोग र कानुनी सजायको विषयमा प्रशिक्षण गराउनु भएकोमा थियो।।

कार्यक्रम गाउँपालिका भरिका विद्यालयहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण सदस्य अशिम आचार्यले गरेका थिए

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)