कविता: “शास्त्र र घुस”

रामले पुजा गर्छ,
श्यामेले पनि पुजा गर्छ।
रामले रु १०० पर्ने अगरबत्ती बाल्दछ,
श्यामेंले रु १० पर्ने की त्यत्तिकै पुजा गर्दछ।
रामले मिष्ठान्न अर्पण गर्दछ,
श्यामेले जे छ त्यही चढाउँदछ,
रामले मीठा फलफूल चढाउँदा
श्यामेले एक केस्रा फलफूल चढाउँदछ।
रामे ठग हो,
श्यामे सरिफ
तर पनि फलिफाप रामेकै भएको छ,
त्यसैले श्यामले निष्कर्ष निकाल्यो,
पुजा पनि घुस हो,
भगवानले रामेका घुस खाए,
मेरा खाएनन।

अर्जुन दाहाल
गाैरादह–३, झापा

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार