हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

कविता: “शास्त्र र घुस”

कविता: “शास्त्र र घुस”

Advertisement

रामले पुजा गर्छ,
श्यामेले पनि पुजा गर्छ।
रामले रु १०० पर्ने अगरबत्ती बाल्दछ,
श्यामेंले रु १० पर्ने की त्यत्तिकै पुजा गर्दछ।
रामले मिष्ठान्न अर्पण गर्दछ,
श्यामेले जे छ त्यही चढाउँदछ,
रामले मीठा फलफूल चढाउँदा
श्यामेले एक केस्रा फलफूल चढाउँदछ।
रामे ठग हो,
श्यामे सरिफ
तर पनि फलिफाप रामेकै भएको छ,
त्यसैले श्यामले निष्कर्ष निकाल्यो,
पुजा पनि घुस हो,
भगवानले रामेका घुस खाए,
मेरा खाएनन।

Advertisement

अर्जुन दाहाल
गाैरादह–३, झापा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)