हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

कविता: माफिया सरकार !

कविता: माफिया सरकार !

यो अड्डा हो , सिंहदरबारको
सत्ताले यहाँ , जे पनि गर्छ।
आउदो मिशन ८४ , पछार्नलाई
कि रबी जेलमा , सडनुपर्छ
कि , रा स्व पा , सिद्धिनु पर्छ।।

यो राजनीतिक हो , सत्ताबादको
सत्ता ओडार भित्र , लुक्न खोज्छ।
फस्छन ,फसाउछन यहाँ , निरीह जनता
जनता झुक्याउन , अनेकौ जालझेल रोज्छ।।

मिडिया उसैको , शासन पनि उसैको
अदालत अदालतमा , उसको घर छ।
लहरो तान्दा , पहरो गर्जिन्छ किन ?
उसलाई जनता सँग , किन डर छ ??

युवा नेतृत्व , नहोस् यो देशमा
यहाँ भ्रष्ट नेताहरूको , शहर छ।
ठुला माछाले यहाँ , सानो माछा खान्छ
उसले आफनै , पेट भर्ने गर्छ।।

Advertisement

✍ जोगेन्द्र प्रसाद राजवंशी
कचनकवल :-३, दल्की झापा
हाल :- मलेशिया

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)