कविता: “लक्ष्मी पूजा”
उसले बोल्यो,
धर्म भनेको धन हो,
किनकि तप बाहेक
जप र दान को लागि
धन चाहिन्छ
र गरिबले
धर्म गर्न सक्दैन
किनकि
शास्त्रले भगवानलाई मन पर्ने कुरा भन्दै
फूल देखि नैवेद्य सम्मको
लामो सूची तयार पर्देको छ
र केही नहुनेले
बाँच्नको लागि
तपस्या गर्ने कुरा पनि भएन ।
उसले खोज्यो
धर्मको कार्ल मार्क्स
अनि ठम्याइ गर्यो
धर्म मार्क्सले लेखेनन
र धन हुनेको लागि
सदैव लक्ष्मी पुजा
नहुनेले लागि कहिले न कहिले
किनकि लक्ष्मीलाई मन पर्न कुरा अर्पण गर्न
त्यही धन नै चाहिन्छ ।
अर्जुन दाहाल
गाैरादह–३, झापा
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1