कविता: “नतिजा”

उसको प्रेम सफल थियो
उसको प्रेम अन्तरजातिय थियो
उसको प्रेम अन्तर्धार्मिक थियो ।
सबै धर्मका शास्त्रले
आफ्ना आफ्ना स्वर्ग
र आफ्ना आफ्ना नर्कको
बयान गरेका छन
उसलाई थाहा छ
दुई धर्मले उसलाई
मृत्यु पश्चात उसको प्रेम
दुई छुट्टा छुट्टै स्वर्ग र नर्कको रणभुल्लतामा
धकेल्नेछ,
त्यसैले
उसले बाँचेरै
दुई स्वर्ग एक बनायो
दुई धर्मका दुई स्वर्गका मिलन
साधारण जीवनमा ।

अर्जुन दाहाल
गाैरादह–३, झापा

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार