कविता: “स्वस्थानी र असंगती”

स्वस्थानी माहात्म्यमा
महादेवले सतीदेवीको लाश
आफ्नो काँधमा बोकेर हिड्दा
सतीदेवीको अंग पतन भएर
शक्तिपिठ उत्पति भएको प्रसङ्ग छ।
यो त ठिकै छ
उक्त शक्तिपीठमा
रावण, हनुमान, कृष्ण, सबैले आएर
तपस्या गरेको प्रसङ्ग छ।
अब प्रसङ्ग बदलौं,
सतीदेवीको कथा सत्ययुगको कथा हो,
हनुमान र रावणको कथा
त्रेता युगको कथा हो,
साथै कृष्णको कथा
कलियुगको कथा हो।
प्रश्न भनेको
कसरी सत्ययुगमा हनुमान, रावण र कृष्ण
सतीदेवीको अंग पतन भएको ठाउँमा
हे महादेव भन्दै तपस्या गर्न पुगे ।
यो असंगति हो।

अर्जुन दाहाल
गाैरादह–३, झापा

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार