हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

कविता : “धर्म र परिभाषा”

कविता : “धर्म र परिभाषा”

Advertisement

के हो त धर्म?
धर्म त्यही जो
जसमा कसैको प्रश्न छैन
र जसलाई सबैले विश्वास मात्र होइन
सत्य मान्दछन।
अब हेरौँ
धर्मका प्रभाव.
धर्मले सत्य र नैतिकता सिकाउँदछ
जुन कुरा कलियुगको परिवेशमा सम्भव छैन।
हुन त सत्य युगमा पनि अधर्मी नभएका होइनन्
कलियुगमा पनि धर्मात्मा नभएका होइनन्
“विनाशकाले विपरीत बुद्धि” भनेझै हो धर्म।
कर्म गर्नेले भक्ति भुल्दछ
साथै भक्ति गर्नेले कर्म भुल्दछ
र जसले कर्म र भक्तिलाई
एकै साथ समावेश गरेर जीवन चलाउँदछ
उसलाई कलियुगले धर्मात्मा भन्दछ।

Advertisement

✍️अर्जुन दाहाल
गाैरादह–३, झापा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)