समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापाको शिवसताक्षीमा सवारी दुर्घटनाबाट एक वृद्धको मृत्यु

झापा, २०८२ वैशाख २ । झापा जिल्ला शिवसताक्षी नगरपालिका वडा नम्बर ८ स्थित बुद्ध चौक नजिकै भएको सवारी दुर्घटनामा परी एक पैदलयात्रीको मृत्यु भएको छ।

Advertisement

हिजो साँझ ६:५७ बजे पूर्व–पश्चिम राजमार्गमा डुडाँमारी चौकबाट झिलझिले तर्फ आउँदै गरेको प्र १–०१–०१७ प ६५६९ नम्बरको मोटरसाइकलले पैदलयात्री ६० वर्षीय पुष्प दास दर्जीलाई ठक्कर दिएको हो। दुर्घटनामा गम्भीर घाइते भएका दर्जीलाई तत्काल लालिगुराँस हेल्थ केयर सेन्टर झिलझिलेमा उपचारका लागि लगिएको थियो। त्यहाँबाट थप उपचारको लागि बिर्ता सिटी अस्पताल लगिएकोमा आज वैशाख २ गते उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

Advertisement

मोटरसाइकल चालक ३० वर्षीय दुरेन सेर्मा लिम्बुलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ। दुर्घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article