समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

बिर्तामोडमा प्लाई फ्याक्ट्रीमा आगलागी, ९० लाख बराबरको क्षति

झापा, वैशाख ६ । झापा जिल्लाको बिर्तामोड नगरपालिका–२ स्थित चैतुबारीमा रहेको लक्ष्मी श्रेष्ठद्वारा सञ्चालित रिद्धिसिद्धि प्लाई फ्याक्ट्रीमा आगलागी भएको छ।

Advertisement

शनिबार राति करिब २१:३० बजेको समयमा फ्याक्ट्रीमा रहेको प्लाई सुकाउने ड्रायर मेसिन तातिएर आगलागी भएको इलाका प्रहरी कार्यालय अनारमनीमा जानकारी प्राप्त भएपछि, तत्कालै इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट प्रहरी टोली खटिएको थियो।

Advertisement

नेपाल प्रहरी, स्थानीय बासिन्दा, फ्याक्ट्रीका कामदारहरू तथा बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिन प्रयास गरिएको थियो। करिब एक घण्टापछि राति २२:२० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

आगलागीबाट प्लाई सुकाउने मेसिन जलेर अन्दाजी ९० लाख रुपैयाँ बराबरको क्षति भएको छ। यद्यपि, मानवीय क्षति भने नभएको जनाइएको छ। हाल आगलागीको कारण र विस्तृत विवरणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article