समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

राजस्व चुहावट मुद्धामा फरार अभियुक्त अमिर झापाबाट पक्राउ, कारागार चलान

उच्च अदालत पाटनको मिति २०८१ साल फाल्गुण २९ गतेको फैसलानुसार १ वर्ष २ महिना १५ दिन कैद र नगद रू. २,८४,५८,६०५।– (अक्षरुपी दुई करोड चौरासी लाख अन्ठाउन्न हजार छ सय पाँच रुपैयाँ) जरिवाना तोकिएको राजस्व चुहावटसम्बन्धी मुद्धामा फरार रहेका प्रतिवादी अमिर लगुन विश्वकर्मा जेठ २६ गते अन्दाजी १९:३० बजेको समयमा पक्राउ परेका छन्।

Advertisement

उनी झापा जिल्ला, बिर्तामोड नगरपालिका–८ निवासी आरसिंह विश्वकर्माका ३० वर्षीय छोरा हुन्। लामो समयदेखि फरार रहेका विश्वकर्मालाई खोजतलास तथा निगरानीका क्रममा प्रहरीले पक्राउ गरी सम्मानित जिल्ला अदालत झापामा उपस्थित गराएको हो।

Advertisement

अदालतमा उपस्थित गराएपछि फैसला कार्यान्वयन स्वरूप अमिर लगुन विश्वकर्मालाई कैद भुक्तानका लागि कारागार चलान गरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article