समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापाका १९ बर्षीय बिनोद भैसी चोरी गरी बिक्री गर्न खोज्दा पक्राउ

झापा, २०८२ जेठ २८ । झापा गाउँपालिका–६ निवासी १९ वर्षीय बिनोद बनियालाई चोरी गरिएको भैसी बिक्री गर्न खोजेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

Advertisement

प्रहरीका अनुसार बनियाले २०८२ जेठ २६ गते बिहान ११:०० बजे झापा गाउँपालिका–६ मा बसोबास गर्ने खगेन्द्र कुमार कार्कीको भैसी चराउन पगाहा लगाइएको स्थानबाट चोरी गरी झापा गाउँपालिका र बाह्रदशी गाउँपालिका–६ को सिमानामा रहेको बिरिङ खोलामा पुर्‍याई व्यापारीहरुलाई सम्पर्क गरी बिक्री गर्ने प्रयास गरेका थिए।

Advertisement

भैसी चोरी गरिएको आशंकामा व्यापारीहरुले स्थानीय प्रहरीलाई जानकारी गराएपछि तत्काल प्रहरी टोली खटाईएको थियो। घटनास्थलमै पुगेको प्रहरीले बनियालाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका बनियालाई जिल्ला प्रहरी कार्यालय झापाले हिजो मिति २०८२ जेठ २७ गते झापा जिल्ला अदालतमा उपस्थित गराई चोरी सम्बन्धी कसूरमा ५ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य अघि बढाएको जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article