समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

कचनकवलमा जङ्गली हात्तीको त्रास: खेतको सुरक्षामा थापिएको करेन्टले ६५ वर्षीय किसानको मृत्यु

झापा जिल्लाको कचनकवल गाउँपालिका–७, बैगुनबारीमा मिति २०८२/०२/२८ गते बिहान करिब ८:३० बजे करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ।

Advertisement

६५ वर्षीय किर्खनाथ खनाल आफ्नै बारीमा बाख्रा चराउन गएका थिए। उनले खेतमा हात्तीले अन्नबाली नष्ट नगरोस् भनेर लगाएको तारबारमा करेन्ट प्रवाह गरेका थिए। तर दुर्भाग्यवश, सोही तारबारमा लागेको करेन्ट लागेर घटनास्थलमै उनको मृत्यु भएको हो।

Advertisement

घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षक विजय चौहानको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको जानकारी प्राप्त भएको छ। प्रहरीका अनुसार घटनाबारे थप विवरण संकलन कार्य भइरहेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article