समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दिबारीका २२ वर्षीय युवक रतुवामाईमा सुतेकै ठाउँमा मृत फेला

इटहरी, मोरङ । मोरङको रतुवामाई नगरपालिकामा एक २२ वर्षीय युवक सुतेकै ठाउँमा मृत फेला परेका छन्। मृतक झापाको हल्दिबारी गाउँपालिका–२ पाराखोपीका सुदीप यादव रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

Advertisement

प्रहरीका अनुसार यादवको शव रतुवामाई नगरपालिका–७ स्थित विश्वनाथ मन्दिर नजिकै मनोज कर्मकारको घर छेउमा रहेको बाँसको चौतारामा बिहीबार बिहान फेला परेको हो। यादव कर्मकारसँगै रतुवामाई–९ निवासी राम भट्टराईको ट्र्याक्टरमा सहायकको रुपमा काम गर्दै आएका थिए।

Advertisement

मनोज कर्मकारका बुवाको मृत्यु भएपछि यादव सोही घरमा पुगेका थिए। त्यसै राति उनी बाहिरको चौतारामा सुतेका थिए। बिहान उठ्दा उनको शव फिँज निस्किएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

घटनापछि यादवको शवलाई उर्लाबारीस्थित मंगलबारेको मदन भण्डारी अस्पतालमा लगिएको थियो। तर अस्पतालले शवको पोस्टमार्टम गर्न अस्वीकार गरेपछि उनलाई विराटनगरस्थित कोशी अस्पतालमा पठाइएको हो।

प्रहरीले प्रारम्भिक अनुमानमा सर्पको टोकाइबाट मृत्यु हुन सक्ने आशंका व्यक्त गरेको छ। हाल घटनाको थप अनुसन्धान इलाका प्रहरी कार्यालय सिजुवाका इन्स्पेक्टर होमप्रसाद अधिकारीको टोलीले गरिरहेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article