समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दिबारीमा ऐतिहासिक प्रगति: पूर्ण साक्षरता, पूर्ण खोप सुनिश्चिता र एसईई टप विद्यार्थी सम्मान

हल्दिबारी, झापा — हल्दिबारी गाउँपालिकामा एक भव्य कार्यक्रमका बीच गाउँ शिक्षा योजना सार्वजनिकीकरण, पूर्ण साक्षर पालिका घोषणा, पूर्ण खोप पालिका सुनिश्चिता दिगोपना घोषणा तथा शैक्षिक सत्र २०८१ को एसईई परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीहरूलाई सम्मान गर्ने कार्यक्रम सम्पन्न भएको छ।

Advertisement

गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व उपप्रधान तथा जलस्रोत तथा सिंचाइ मन्त्री माननीय राजेन्द्र लिङ्देन प्रमुख अतिथि रहनु भएको थियो।

Advertisement

शिक्षा शाखा प्रमुख जानक कुमारी राईले पूर्ण साक्षरता घोषणाको तयारी र रणनीति सार्वजनिक गर्नुभयो भने स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले पूर्ण खोप पालिका सुनिश्चिता दिगोपनाका चरणहरू प्रस्तुत गर्नुभयो।

मुख्य अतिथि लिङ्देनले हल्दिबारी गाउँपालिकालाई पूर्ण साक्षर पालिका, पूर्ण खोप पालिका सुनिश्चिता दिगोपना, र गाउँ शिक्षा योजना सार्वजनिक रूपमा घोषणा गर्नुभयो।

कार्यक्रममा वडा नं. २ का कार्यवाहक वडा अध्यक्ष रचना कुलुङ राईले एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई बधाई र शुभकामना दिनुभयो।

यस अवसरमा विभिन्न विद्यालयबाट ३२ जना विद्यार्थीलाई नगद पुरस्कार र प्रमाणपत्रसहित सम्मान गरिएको थियो। सहभागी विद्यालय र विद्यार्थी संख्या यस प्रकार छन्:

चिल्ड्रेन गार्डेन एकेडेमी, गोलधाप – ९ जना

चिल्ड्रेन गार्डेन अंग्रेजी माध्यमिक विद्यालय, हल्दिबारी–३ – ७ जना

जनजागृति मावि – १ जना

हल्दिबारी मावि – ६ जना

क्यानेरी एकेडेमी – २ जना

सिङ्मा इङ्लिस स्कुल – १ जना

गोलधाप सनसाइन बोर्डिङ स्कुल – ६ जना कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि लिङ्देनले सम्बोधन गर्दै भने   “तपाईंहरू डाक्टर, इन्जिनियर वा जुनसुकै क्षेत्रमा अगाडि बढ्न सक्नुहुन्छ, तर सबैभन्दा पहिले राम्रो मान्छे बन्नुहोस्, इमानदार बन्नुहोस्, र कहिल्यै भ्रष्ट नबन्नुहोस्।”

कार्यक्रममा प्रस्तुत तथ्याङ्क अनुसार, सन् २०८० मा ४०% विद्यार्थी मात्र एसईईमा सफल भएका थिए भने सन् २०८१ मा त्यो संख्या ६६% पुगेको छ, जुन अत्यन्त सकारात्मक उपलब्धि हो।

कार्यक्रममा स्वागत मन्तव्य गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र)ले दिनुभएको थियो भने सञ्चालन तथा सहजीकरण योजना शाखा प्रमुख राजन न्यौपानेले गर्नुभएको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article