समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दिबारीका १७ वर्षीय बिक्कीको जीवन संकटमा, जीवनरक्षाका लागि सहयोगको अपिल

हल्दिबारी । हल्दिबारी गाउँपालिका–२ निवासी सुरेश महत्तो तथा सुनिता महत्तोका कान्छा छोरा १७ वर्षीय बिक्की महत्तो हाल मिर्गौला रोगसँग संघर्ष गरिरहेका छन्। लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत बिक्कीलाई केही समयअघि मिर्गौला रोग लागेको पुष्टि भएको हो।

Advertisement

डाक्टरका अनुसार उनको जीवन बचाउन मिर्गौला प्रत्यारोपण नै अन्तिम विकल्प हो। तर, आर्थिक अभावका कारण उपचार अघि बढाउन नसकेको उनका अभिभावकले बताएका छन्। हालसम्म दैनिक डायलासिस, औषधोपचार र अस्पताल खर्चमै लाखौँ रुपैयाँ खर्च भइसकेको र थप उपचारका लागि रकम अभाव भएको विक्कीका बुबा सुरेश महत्तोले पीडा व्यक्त गरे।

Advertisement

जीवनरक्षाका लागि सहयोग गर्न इच्छुक शुभेच्छुकलाई सिटिजन्स बैंकमा आमा sunita mahato को नाममा रहेको खाता नम्बर 0630100005604041 Haldibari branch  मा सहयोग रकम जम्मा गरिदिन परिवारले अपिल गरेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article