हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १० महिना अगाडि

नेपाल र चीनबीच द्विपक्षीय भेट, लिपुलेक मुद्दामा स्पष्ट आपत्ति

काठमाडौं  । चीनका राष्ट्रपति सी चिनफिङसँग भएको द्विपक्षीय भेटमा नेपाल र चीनबीच सम्बन्ध र सहकार्यका विविध क्षेत्रबारे छलफल भएको छ। बैठकमा दुवै देशका संयन्त्रहरूले सहयोग र सम्बन्ध अभिवृद्धि गर्ने समझदारी गरेको जनाइएको छ।

Advertisement

उक्त अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सन् १८१६ को सुगौली सन्धि अनुसार महाकालीपूर्वका भूभाग नेपालकै सार्वभौम क्षेत्र भएको बताएका छन्।

Advertisement

लिपुलेकलाई व्यापारिक मार्ग बनाउने चीन–भारतबीचको सहमतिमा नेपालले आपत्ति जनाउने स्पष्ट उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यस मामिलामा चीनले सहयोग गर्ने विश्वास लिएको बताए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)