हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता २ महिना अगाडि

हल्दिबारीमा वृक्षरोपण गरी मनाइयो बीपी स्मृति दिवस

अभिषेक खतिवडा / हल्दिबारी (झापा) । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको स्मरणमा हल्दिबारीमा वृक्षरोपण कार्यक्रम गरी बीपी स्मृति दिवस मनाइएको छ।

Advertisement

​नेपाली कांग्रेस हल्दिबारी गाउँ कार्यसमितिको आयोजनामा मंगलबार आयोजित कार्यक्रममा अमला, भाइरल सिरिस, आँपलगायत विभिन्न २० प्रजातिका बिरुवा रोपिएको हो।

Advertisement

​गाउँ समितिका सभापति गङ्गा प्रसाईंको सभापतित्वमा भएको वृक्षरोपण कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति एवं भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोख्रेल प्रमुख अतिथि रहेका थिए।

​कार्यक्रममा झापा क्षेत्र नं. ३ का कांग्रेस नेता राजेन्द्र घिमिरे, नेपाल महिला संघ झापा क्षेत्र नं. ३ की अध्यक्ष उर्मिला गौतमलगायत जिल्ला तथा गाउँ कार्यसमितिका पदाधिकारी, नेता एवं शुभेच्छुकहरूको बाक्लो उपस्थिति थियो।

​सम्बोधनका क्रममा सभापति प्रसाईंले बीपीको विचार, आदर्श र योगदानबाट प्रेरणा लिँदै वातावरण संरक्षण तथा सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले वृक्षरोपण गरिएको बताए।

​सोही कार्यक्रमका बीच जनता समाजवादी पार्टी (जसपा), नेपालका स्थानीय नेता ध्रुव श्रेष्ठ नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। २०७९ को प्रदेशसभा निर्वाचनमा झापा क्षेत्र नं. ३ (ख) बाट उम्मेदवार बनेका पूर्वशिक्षक श्रेष्ठलाई खादा ओढाएर पार्टीमा स्वागत गरिएको थियो।

​कांग्रेस क्षेत्रीय सचिव भूपाल बस्नेतले सञ्चालन गरेको उक्त कार्यक्रममा स्थानीय कांग्रेस समर्थक एवं शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)