काठमाडौँ । बानेश्वरस्थित रक्तदान चोकमा नियमित रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक पटकका स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
नेपाल रेडक्रस सोसाइटी बानेश्वर उपशाखा, गंगादेवी चूचोल टोल सुधार समिति बुद्धनगर तथा भक्तपुर विकास सहयोग समितिको संयुक्त सहयोगमा आयोजित उक्त कार्यक्रममा महिला र पुरुष गरी कुल २९ जनाले रक्तदान गरेका छन्।
२०५२ सालदेखि उमेश तण्डुकारको संयोजकत्वमा निरन्तर सञ्चालन हुँदै आएको यस नियमित रक्तदान कार्यक्रममा बागमती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ, काठमाडौँ महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष रामकुमार केसी, वडा सदस्य सतिश तण्डुकार र भक्तपुर विकास सहयोग संघका संयोजक किरणराज सुवेदीको समेत उपस्थिति रहेको थियो।
