हल्दीबारी, झापा — हल्दीबारी भेट्रान्स खेलकुद आयोजक समितिको आयोजनामा हल्दीबारी माध्यमिक विद्यालयको प्राङ्गणमा जारी ‘हल्दीबारी भेट्रान्स खेल तालिका २०८३’ अन्तर्गत सोमबार भएका खेलहरूमा हल्दीबारी ‘ए’ र झिलझिले भेट्रान्स विजयी भएका छन्।
सोमबार बिहान सम्पन्न दोस्रो खेलमा हल्दीबारी ‘ए’ ले टुर्केनी भेट्रान्स काँकरभिट्टालाई २-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ। जितसँगै हल्दीबारी ‘ए’ ले सेमिफाइनलमा ‘ढल्कियो जोवन’ टिमसँगको भिडन्त तय गरेको छ।
यस्तै आजै भएको पहिलो खेलमा झिलझिले भेट्रान्सले आयोजक हल्दीबारी ‘बी’ लाई १-० को कठिन गोल अन्तरले पराजित गर्दै जित निकालेको छ। यो जितसँगै झिलझिले भेट्रान्सले सेमिफाइनलमा चन्द्रगढी भेट्रान्ससँग प्रतिस्पर्धा गर्ने निश्चित भएको छ।
प्रतियोगिताका बाँकी सेमिफाइनल र अन्तिम उपाधिका लागि खेलिने फाइनल खेल पनि आजै सञ्चालन हुने कार्यतालिका रहेको आयोजक समितिले जनाएको छ।
