समाचार
हल्दिबारी संवाददाता २० मिनेट अगाडि

लगुऔषध खैरो हेरोइनसहित २२ वर्षीय भुपेन्द्र पक्राउ

बर्दिया, मङ्सिर ९ — जिल्ला बर्दियाको बढैयाताल गाउँपालिका–५ बाट लागुऔषध खैरो हेरोइनसहित एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले खैरो हेरोइन खरिद बिक्री भइरहेको भन्ने सूचनाका आधारमा सोही स्थानका २२ वर्षीय भुपेन्द्र कुमार थारुलाई नियन्त्रणमा लिएको हो।

प्रहरी टोलीले थारुको साथबाट १४ दशमलव ४४० ग्राम लागुऔषध खैरो हेरोइन र एक थान मोबाइल बरामद गरेको छ। लागुऔषधको अवैध कारोबारमा संलग्न रहेको आशंकामा पक्राउ परेका उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय मैनापोखरी, बर्दियामा बुझाइएको प्रहरीले जनाएको छ। पछिल्लो समय सीमावर्ती तथा ग्रामीण क्षेत्रमा समेत लागुऔषधको कारोबार बढ्न थालेपछि प्रहरीले निगरानी तथा कारबाही अभियानलाई तीव्रता दिएको छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)