खेलकुद
हल्दिबारी संवाददाता १२ घण्टा अगाडि

ब्राजिलको हारसँगै नेमार जुनियरले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

ब्राजिलको फिफा विश्वकपमा छैटौंपटक च्याम्पियन बन्ने सपना राउण्ड अफ १६ मै समाप्त भएको छ। आइतबार राति नर्वेले ५ पटकको च्याम्पियन ब्राजिललाई २-१ गोल अन्तरले पराजित गर्‍यो। यस हारसँगै ब्राजिल प्रतियोगिताबाट बाहिरिएको छ भने टोलीका दिग्गज फरवार्ड नेमार जुनियरले पनि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। यसका साथै ब्राजिलको फुटबल इतिहासमा एउटा यादगार युगको पनि अन्त्य भएको छ। खेलपछि निकै भावुक देखिएका नेमारले आफ्नो निर्णय सार्वजनिक गर्दै भने, मैले पूरा कोसिस गरेँ। अब सबै समाप्त भयो। मैले यहीँबाट सुरुवात गरेको थिएँ र आज यहीँ मेरो यात्रा समाप्त भयो। खेल सकिएपछि नेमार मैदानमा धुरुधुरु रोइरहेको देखिन्थ्यो।

​खेलमा ब्राजिलका लागि पेनाल्टीमार्फत एक मात्र गोल गर्ने नेमारले केही समयपछि मिडियालाई आफ्नो निर्णयबारे जानकारी गराएका थिए। नर्वेविरुद्ध गरेको गोल यस विश्वकपमा नेमारको पहिलो र उनको अन्तर्राष्ट्रिय करियरको ८०औँ गोल हो। ब्राजिलका लागि १३० खेल खेलेका नेमारले आफ्नो करियरमा ५९ वटा असिस्ट पनि गरेका छन्। नेमारले ब्राजिलको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको रूपमा अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिएका हुन्। नेमारले आफ्नो करियरमा ब्राजिललाई २०१३ मा फिफा कन्फेडरेसन कप दिलाउन महत्त्वपूर्ण योगदान दिएका थिए भने उनको उपस्थितिमा ब्राजिलले २०१६ को रियो ओलम्पिकमा स्वर्ण पदक पनि जितेको थियो। फिफा विश्वकप २०२६ अघि उनको फिटनेसलाई लिएर लगातार प्रश्न उठे पनि मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टीले उनको अनुभवलाई ध्यानमा राख्दै नेमारलाई २६ सदस्यीय टोलीमा समावेश गरेका थिए।

विज्ञापन (Advertisement)Advertisement

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)