हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

बिर्तामोडको चिल्ड्रेन अस्पतालले इलामकी ४ बर्षीय बालिकालाई बनायाे बन्धक

बिर्तामोडको चिल्ड्रेन अस्पतालले इलामकी ४ बर्षीय समीक्षा भट्टराई नाम गरेकी बालिकालाई उपचार गरेपछि बिल तिर्न नसकेको कारण डिस्चार्ज नगरेको आरोप परिवारजनले लगाएको छन्।

Advertisement

स्वास्थ्य समस्याका कारण उपचार गराइरहेकी समीक्षा स्वस्थ्य हुँदै गएपछि अस्पतालले शुक्रबार नै डिस्चार्ज गरे पनि उपचारमा लागेको शुल्क बुझाउन नसक्दा बालिकालाई डिस्चार्ज नगरी बन्धक बनाएको परिवारको दाबी छ।

Advertisement

अस्पताल प्रशासनले भने उपचार खर्च तिर्न नसकेको अवस्थामा डिस्चार्ज गर्न नसकिएको जानकारी गराएको छ । परिवारले आर्थिक कठिनाइका कारण पुरा शुल्क तिर्न समस्या भएको र केही दिनमा घर गई ल्याउने बताए पनि उनलाई अस्पताले डिस्चार्ज नगरी बन्धक बनाएको छ ।

बिरामीको विषयमा अस्पताल प्रसाशन इन्चार्ज राजेन्द्र कुमार मैनाली संग कुरा गर्दा संचारकर्मीलाई नै पैसा उठाएर बुझाई दिनु भन्ने अभिब्यक्ती दिएका छन् र उनले भने पैसा नबुझाई हामी बिरामीलाई छोड्न सक्दैनौ भन्दै शुक्रबार देखीकाे बेड चार्ज नलिएकाे समेत उनले जिकिर गरेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)