साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कबिता : ” शुक्षात्मा “

  • दयानन्द गोस्वामी

संसार मा कसलाई आफनो भनुँ म
मैंले अॉखा चिम्लेको मात्र के थिएँ,

Advertisement

मृत्यु भएँ अरे भन्ने हल्ला फैलियो
आखिर निंद्रा नि त अर्ध मृत्यु नै हो,

Advertisement

अनी मृत्यु लाई चिरनिंद्रा नै भन्छन
त्यसैले मरेकै हो भन्ठानेर लग्याहुन,

कति निर्दयी छन् मेरा आफन्तहरू
चितामा दाह गर्न नि बाँकी राखेनन्,

मलाई थाहा छ म मरेको छैन भनेर
कसैले आहा! बिचरा भन्दै थिए तर!

कोहि मन मनै खुशी भएको नि देखें
साँच्चै नै बाटो खुलेकै हो तिनलाई,

अब प्रतिद्वंद्वी छैनन् कोहि उसलाई
जे गरे नि विरोध गर्ने कस्को हिम्मत?

यही कुरा मनमा सोची रमाउँदै होला
मान्छे पनि त स्वार्थी हुँदा रहेछन् नी!

उठने प्रयत्न गर्छु तर उठन सक्दिन
किन भने म अरू बाट बाँधिएको छु,

केही बेरमै चितामा आगो लगाउने रे!

अनी जलेर खरानी भएर भष्म हुन्छु,

म त आत्मा हुँ कहिल्यै पनि मर्दिन
थाहा छैन सायद तिन्लाई म शुन्य हुँ,

न आकारमा छु नत कुनै प्रकारमा नै
सुक्ष्म रुपमा अदृश्य भै सर्वव्यापी छु,

शुन्यताको शेषमा रहे नि अवशेष भै
ब्रम्हाण्ड मा म विचरण गरीरहेको छु,

संसार मा कसलाई आफ्नो भनुँ म
मैंले आंँखा चिम्लेको मात्र के थिएँ,

मृत्यु भएँ अरे भन्ने हल्ला फैलियो
आखिर निंद्रा नि त अर्ध मृत्यु नै हो,

अनी मृत्यु लाई चिरनिंद्रा नै भन्छन्

त्यसैले मरेकै हो भन्ठानेर लग्याहुन।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article