साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कविता : बाल पीडा

  • राज कुमार कार्की

हिमालको हिउँमा
चौँरी गाई छेउमा।

Advertisement

टल्किएका झै मोती
अरु सब त कति।

Advertisement

डाँफे अनि मुनाल
अरु कति होलान।

यार्सागुम्बा खोजेर
किन्दै हामी रोजेर।

कापी अनि कलम
यस्तै हाम्रो चलन।

पढ्न लेख्न छाडेर
हिमाल नै चढेर।

बिद्यालय छाडेर
आँखा त्यता गाढेर।

कमाएको धनले
पढ्नु पर्ने मनले।

दुस्ख देख्ने कसले
बाँकी दिन्न पसले।

भन्छ ल्याउ नगद
गर्छु तब स्वागत।

बाबा आमा दुस्खमा
खान छैन मुखमा।

पढ्न पर्ने नेटमा
खाना छैन पेटमा।

कर्णालीको पीडामा
मानवको भिडमा।

यस्तै रैछ चलन
हुन्छ सधैँ जलन।

दुर्दराज क्षेत्रमा
अधिकार नेत्रमा।

डलरले छोपेको
किन होला हेपेकोरु

बिदेशीले दिएको
छैन केही लिएको।

कुनै पनि रकम
खान्छौ हामी कसम।

यस्तै रछ करिब
देश भयो गरिब।

हाम्रो मुटु टुटेको
कर्म रैछ फुटेको।

नेटमा नै पढने
जेटमा नै चढने।

छोराछोरी धनिका
हामीलाई कनिका।

कस्ले दिन्छ है खान
हाम्रो दुस्ख नि जान।

हाम्रो पिडा नै सब
देख्छ कस्ले है अब।

यस्तै साथी छ हाल
बाल पीडा बेहाल।

धन्यवाद ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article